Logo

सिन्धुलीमा हजारौं तिर्थालुलाई गुर्जो चियाको सेवा



काठमाडौं, १५ मंसिर । सिन्धुलीस्थित् कुश्वेश्वरधाममा नवनिर्मित गोरखनाथ मन्दिरको उद्घाटनमा सहभागी हजारौं तिर्थालुहरुलाई गुर्जो चियाको सेवा गरिएको छ ।

गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त कार्यक्रममा सहभागी तिर्थालुहरुलाई गुर्जो चियाको सेवन गराईएको र गुर्जोको चिया प्याकेटसमेत वितरण गरिएको जानकारी दिए ।

उनले गुर्जोको चिया सेवनकर्ताहरू खुशी भएका थिए । पछिल्लो समय राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जो अभियान सञ्चालन गरिरहेका छन् । उनले गुर्जोको उपयोगिताबारे पनि प्रकाश पार्ने गरेका छन् । गुर्जो बहुउपयोगी र बहुगुणकारी रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot