Logo

रोमान्चक खेलमा युनाईटेडको जित, रोनाल्डोको ८०० गोल पुरा



काठमाडौं, १७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले आर्सनलमाथि जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा आर्सनलका इमिल स्मिथले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

५२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाएका थिए ।

यस गोलसँगै रोनाल्डोले करियरको ८०० गोल पूरा गरेका छन् । यस्तै, खेलको ५४ औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ बराबरीमा फर्किएको थियो ।

यस्तै, खेलको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई ३–२ को जित दिलाएका थिए ।

यस जितसँगै युनाईटेडले १४ खेलमा २१ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

साथै, आर्सनल २३ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot