Logo

कार्यकर्तामा कांग्रेस धनी



काठमाडौं, मंसिर २२ । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ ।

एमालेको आठ लाख
नेकपा (एमालें)ले १०औँ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको प्रक्रिया चलिरहँदा एमालेले अध्यावधिक गरेको तथ्याङ्कमा पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरिएको छ ।

माओवादीका साढे सात लाख
नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ ।

एक वडा एक हजारः समाजवादी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ ।

राप्रपाले सङ्गठन विस्तार गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारमात्रै नयाँ नेतृत्व पाएको छ । राप्रपाको देशभरि रहेको सङ्गठनमा अहिले एक लाख ५० हजार सदस्य छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot