Logo

किशोरी बलात्कार गर्ने सानुकान्छा पक्राउ



नुवाकोट, २४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका–२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बलामीले ती किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot