Logo

बालिकालाई जबरजस्ती गर्ने ६० वर्षीय बृद्ध पक्राउ



उदयपुर, २४ मंंसिर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot