Logo

बहुविवाह गरेर लुकिछिपी बस्दै आएका नेपाली ७ वर्षपछि पक्राउ



अर्घाखाँची, २४ मंसिर । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका–१० बस्ने ३३ वर्षीय बसन्त नेपाली बिहीबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका–९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot