Logo

उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीप पौडेललाई भोट



काठमााडैं, २४ मंसिर: कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पाैडेललाई अघि सार्दै भाेट समेत मागेका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।

उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए । सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot