Logo

पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर



काठमाडौं, मंसिर २५। अन्योल र अनिश्चयबीच नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ। उत्साह,एकता,रूपान्तरण भन्ने मूल नारासहित भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे।

उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको रक्षा गर्दै समाज परिवर्तनका लागि पार्टीलाई अझ सबल र सक्षम बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि नेता कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिए।

मुलुकमा कांग्रेस कमजोर हुँदा परिवर्तन नै संकटमा पर्ने गरेको प्रसंग कोट्याउँदै कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रसहितको अहिलेको शासन व्यवस्थालाई सार्थक बनाउन अब हुने तीन तहको निर्वाचन कांग्रेसले जित्नैपर्ने बताए।

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे। ‘साथीहरू तपाईंहरूलाई थाहै छ,हाम्रो देशभर कस्तो अवस्था थियो,सारा साथीहरू डराउनुपर्ने अवस्था थियो। डरत्रासको अवस्था थियो,’ देउवाले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको महसुस गरे।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले अब देशमा डरत्रासको अवस्था आउन नदिन र कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनका लागि फेरि आफूलाई सभापति बनाउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे। ‘कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन यो महाधिवेशनले थप आधार तयार गर्छ,गर्नुपर्छ। यो महाधिवेशनले जनतालाई डरत्रासबाट मुक्त गर्ने कि नगर्ने भन्ने पनि निर्धारण गर्नुपर्छ,’ देउवाले भने, ‘त्यो निर्णय गरेको खण्डमा अब गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो।’

महाधिवेशन प्रतिनिधि कतै सहमति त कतै प्रतिस्पर्धाबाट छानिएर आएको उल्लेख गर्दै देउवाले अब मनोमालिन्यबाट मुक्त हुनुपर्ने बताए। आन्तरिक निर्वाचनका कारण आगामी निर्वाचनमा त्यसको असर पर्न नहुने भन्दै देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू प्रतिबद्ध रहेको दोहोर्‍याए।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनले पार्टीलाई सबल, सक्षम र एकताबद्ध बनाउनुपर्ने बताए। आफूले अपमान सहेर पनि पार्टी एकता कायम राखेको बताउँदै पौडेलले कार्यकर्ताको मात्र नभएर नेताको पनि मूल्यांकन गर्न आग्रह गरे। ‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्