Logo

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, देउवा पुगे मतदान स्थलमा (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा पौने ४ बजेदेखि मतदान सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot