Logo

कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन : पौने ५ बजेसम्म ७ सय मत खस्यो



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि भैरहेको दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार पौने ५ बजेसम्म ७ सय मत खसेको जनाएको छ ।

सभापतिको लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच चुनावी प्रतिष्पर्धा छ । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले देउवालाई समर्थन गरेका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्