काठमाडौं, २ पुस । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समुहका महेन्द्र यादवले अग्रता लिइहरेका छन् । उनले ९ सय मत गणना हुँदा ५३० प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै कोइराला समुहका रामकृष्ण यादवले ३९१ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार रञ्जित कर्णले १ सय मत कटाएका छन् । उनले ९ सय मतगणना हुँदा १०८ मत प्राप्त गरेका छन् । कर्णले डा.शेखर कोइराला प्यानललाई समर्थन गर्ने भन्दै आफुले उम्मेदवारी नदिने बताउँदै आएका थिए । उनले उम्मेदवारी दिएसँगै रामकृष्ण यादवलाई नोक्सान पुगेको छ । रामकृष्ण यादवको मत बाँडिएको छ । कर्ण पुर्व नेविसंघका अध्यक्ष समेत हुन् ।