Logo

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले भने-राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुने देश नेपाल मात्र



काठमाडौँ, १७ पुस। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् ।आज (शनिबार) आफ्नै सरकारी निवास बालुवाटारमा पार्टीका सांसद एवम् नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी गरे । उनले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेसले आफूलाई सबै समूदायको पार्टीको रुपमा चिनाएको बताए ।

प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेतृ संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंशनीय रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्