Logo

अमेरिकामा १० लाख कोरोना संक्रमित फेला



एजेन्सी, २१ पुस । कोरोना भाइरसको नयाँ संक्रमितको संंख्या फेरी बढ्दै गइरहेको छ । अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिएका छन् । एजेन्सीको अनुसार सोमबार मात्र अमेरिकामा १० लाख ८० हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।

संक्रमित भएका मध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट फेला परेको एजेन्सीले जनाएको छ ।

हालसम्म अमेरिकामा ५ करोड ८० लाख ४० हजार ७२० जना सक्रमित भएका छन् । ति मध्ये ८ लाख ५१ हजार ४३९ जनाको मृत्यु भएको छ । यसैगरी, ४ करोड १९ लाख संक्रमित निको भएका छन् । १ करोड ५२ लाख संक्रमितको उपचार भइरहको एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot