Logo

बंगलादेश जाने खेलाडीलाई बिदाई (फोटोफिचर)



काठमाडौँ, २२ पुस । बंगलादेशमा पौष २६ गते हुने म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिहीबार बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई बिहीबार बिदाई गरेका हुन्।

खेलकुद मन्त्रालयको सभाहलमा आयोजना गरिएको बिदाई कार्यक्रममा मन्त्री गहतराजले जीतको अग्रीम शुभकामना दिएका थिए । उक्त म्याराथन प्रतियोगितामा नेपालसहित १५ राष्ट्रका खेलाडीहरु सहभागी हुनेछन् ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot