Logo

आत्महत्या दुरुत्साहन कसूरमा श्रीमान पक्राउ



स्याङजा, २५ पुस । आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका–१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot