Logo

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पगे (फोटोफिचर)



काठमाडौं, २७ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot