Logo

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चाडपर्व मनाउन राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ, १ माघ: राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गरेकी छिन् । माघी र मकर संक्रान्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रिपति भण्डारीले आ–आफ्नो स्वास्थ्यको ख्याल गरी चाडपर्व मनाउन आग्रह गरेकी हुन् ।

उनले शुभकामना दिँदै विविध चाडपर्वले नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको भावनामा आवद्ध गर्ने बताइन् । माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको छ । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ । मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ ।

पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा रहेको छ । विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न यस पर्वले योगदान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot