Logo

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण



काठमाडौँ, १ माघ। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। आज (शनिबार) परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । उनले सामाजिक संजाल फेसबुकमार्फत आफु संक्रमित भएको जानकारी गराएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot