Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या ७ हजार नाघ्यो



एजेन्सी, २ माघ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या पनि दिनप्रदिन बढ्दो क्रममा छ। हालसम्म ओमिक्रोन भेरियन्ट ७ हजार ७४३ जनामा देखिएको हो।

पछिल्लो २४ घन्टामा ओमिक्रोन केसमा २८.१७ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ। त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot