Logo

प्रधानमन्त्री कपः प्रदेश १ माथि सुदुरपश्चिमको जित



काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश १माथि जित निकालेको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले ७ विकेटको जित निकालेको हो ।

आईतबारको खेलमा १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

सुदुरपश्चिमका लागि राजु रिजालले सर्वाधिक ६८ रनको योगदान गरे भने कप्तान सन्तोष भट्टले ४८ रन जोडे ।

साथै, अर्जुन साउद २६ रन जोड्दै अविजित रहेका थिए ।

प्रदेश १ का लागि कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले एक–एक विकेट लिए ।

यस अघि ब्याटिङ गरेको प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रनको योगदान गरे ।

साथै, सोनु अन्सारीले ३१ रन जोडे भने अंकित सुवेधीले २३ रन जोडेका थिए । यस्तै, मनिस थापामाले १२ बलमा २३ रन बनाए ।

विबेक आनन्द मेहता ७ रनमा पबिलियन फर्किए ।

यस हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने संभावना पनि सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot