Logo

गलवानमा भारतीय सैनिकसँगको झडपमा धेरै चिनियाँ सैनिकको मृत्यु भएको खुलासा



एजेन्सी, २० माघ । गलवानमा १५ मे सन् २०२० मा चीन र भारतका सैनिकबीचको झडपमा ठूलो संख्यामा क्षति भएको थियो । सँसारभर चासो बनेको उक्त घटनामा ढिलो गरी चीनले आफ्ना केही सैनिकको मृत्यु भएको खुलायो । भारतले सुरुमै मृतकको संख्या खुलाएको थियो ।

तर, चीनले सार्वजनिक गरेको सैनिकको मृत्युबारे रिपोर्टभन्दा फरक तथ्यांक रहेको अष्ट्रेलियाको खोजमूलक पत्रिकारले बुधबार दाबी गरेको छ । क्ल्याक्सन नामको पत्रिकाले नाम उल्लेख नगरी अध्ययनकर्ता र चिनियाँ ब्लगर्सको खोजी उल्लेख गर्दै ठूलो संख्याम चिनियाँ सैनिकको मृत्यु भएको दाबी गरेको हो ।

धेरै सैनिकहरु तिव्र गतिमा बग्ने गलवान नदीमा डुबेको उल्लेख छ । समाचारका अनुसार अध्यारोमा ती सैनिकहरु बगेका थिए ।

भारतले २१ सैनिक मारिएको रिपोर्ट सार्वजनिक गरेको थियो । चीनले ५ सैनिक मारिएको बताएको थियो । तर, क्ल्याक्सन पत्रिकाले उक्त संख्याभन्दा धेरैको मृत्युबारे बताएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot