Logo

शारीरिक सम्बन्धको आरोप लागेपछि २६ वर्षीया शिक्षिकाले आफ्नै विद्यार्थीसंग गरिन् विबाह



एजेन्सी, २१ माघ। अमेरिकाकी एकजना शिक्षिकालाई आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सोही विद्यार्थीसँग बिबाह गर्नुपरेको जनाइएको छ । अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध राखेको आरोप लागेपछि उनले ती बिद्यार्थीसंग बिबाह गर्नुपर्ने बाध्यता आइलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका हुन् ।

विद्यार्थीका तर्फबाट बेलीका बिरुद्ध अदालतमा मुद्धा परेको थियो । उनले विद्यार्थीसंग यौन दुव्र्यवहार गरेको स्वीकारेपछि उक्त मुद्धा फिर्ता लिइएको छ । त्यसपछि उनीहरुको हालै बिबाह भएको हो । बेलीको शिक्षकको लाइसेन्स खारेज गरेर प्रहरीले उनलाई गिरफ्तार समेत गरेको थियो । त्यसपछि उनले पढाउने बिद्यालयबाट राजीनामा दिनुपरेको थियो ।

उनले सन् २०१९ को जनवरीमा आफ्नै घरमा ती छात्रसंग शारीरिक सम्बन्ध राखेकी थिइन् । अमेरिकी पत्रिका द जोप्लिन ग्लोबका अनुसार शिक्षिका र ती छात्र अब श्रीमान र श्रीमतीको रुपमा बस्नेछन् । उनीहरुको बिवाह हालसालै भएको भनिएपनि कुन महिनामा भएको भन्ने कुरा समाचारमा खुलाइएको छैन ।

अब ती शिक्षिका माथि लागेको यौन दुव्र्यवहारको मुद्धा भने अहिले सकिएको छ । पिडीत छात्रले मुद्धा फिर्ता लिएर बेलीसंग बिवाह गरेपछि मुद्धा सल्टिएको हो ।-Photo Source: Dailymail



प्रतिक्रिया दिनुहोस्

Screenshot