Logo

पुटिन र म्याक्रोनबीच फोन वार्ता, युक्रेन र सुरक्षा प्रस्ताव माथि छलफल



मस्को [रूस], २१ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।

क्रेमलिनले विज्ञप्ति जारि गर्दै “युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot