Logo

ब्याडमिन्टन स्टार प्रिन्स सम्मानित



काठमाडौं, २१ माघ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लिन सफल प्रिन्स दाहाल सम्मानित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रिन्सलाई सम्मान गरेका हुन् ।

एक महिना अघि बीडब्लुएफले जारी गरेको वरियतामा प्रिन्स विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लिन सफल भएका थिए ।

विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।

बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई समेत आज सरकारले नगदसहित सम्मान गरेको छ । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot