Logo

माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी



दोलखा, माघ २२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।

साँझ, बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा विद्युत् उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म ३५० मेगावाटसम्म उत्पादन हुन्छ ।

दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । दिनमा भन्दा रातमा विद्युत् खपत हुने गरेकाले छवटै युनिटमा उत्पादित विद्युत् मागअनुसार उत्पादन गरिएको प्रशासन वरिष्ठ प्रमुख पोखरेलले जानकारी दिए ।

मङसिरदेखि जेठसम्म सुक्खा समयमा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु स्वाभाविक रहेको उनको स्पष्टोक्ति छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot