Logo

नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई दियो बधाई



काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो।

अमेरिकाले महामारीको शुरूवातदेखिनै नेपालको कोभीड१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै आएको दुतावासले स्पष्ट पारेको छ । जसमा २३ लाखभन्दा बढी डोज कोभीड-१९ भ्याक्सीन समेत दिएको र झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक गरेको र सामाग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको समेत दुतावासले जनाएको छ। नेपाली भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा दुतावास हर्षित रहेको समेत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot