Logo

स्रोत नखुलेको ७० लाख रुपैयाँ सहित पक्राउ



काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिक–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot