Logo

१२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष पक्राउ



बर्दिया,२७ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका–४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot