Logo

टी–२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीको सामना गर्दै



काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज (शुक्रबार) घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरिज अन्तरगत नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दिउँसो ३ः४५ बजे सुरु हुने खेल अल अमेरेट क्रिकेट मैदानमा हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्न चाहन्छन् ।

सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ भने सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्