Logo

दिल्ली जान पीसीआर रिपोर्ट नचाहिने, खोप कार्डले काम गर्ने



काठमाडौं, ४ फागुन । भारत प्रवेश गर्न आजबाट खोप लगाएका यात्रुले कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको देखाउन नपर्ने भएको छ । भारतले आजबाट यात्रा खुकुलो गर्दै यस्तो व्यवस्था गरेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । अब नेपालसहित ८२ मुलुकबाट भारत अहाउने यात्रुलाई छुट दिइएको छ ।

यात्रुले हवाई यात्रा गर्दा हवाई सुविधा फर्म भनुपर्ने उल्लेख छ । यसअघि कोरोना भाइरसको आरटी पीसीआर रिपोर्ट अनिवार्य गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot