Logo

सबैभन्दा राम्रो बैंकिङ पहुँच मनाङमा



काठमाडौं, फागुन ८ । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ ।

२०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् ।

काठमाडौं जिल्लामा भने २ हजार २४७ जनालाई एउटा शाखा भागमा परेको छ । काठमाडौंमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका १ हजार २४ ओटा शाखा कार्यालय स्थापना भएका छन् । जनसंख्याको आधारमा हेर्दा काठमाडौंको तुलनामा मनाङ जिल्लाका जनतालाई बैंकको पहुँच राम्रो देखिएको हो ।

मनाङको तुलनामा काठमाडौंमा १ हजार ६७६ जना बढीले बैंकको एउटा शाखा प्रयोग गर्नुपर्ने बाध्यता छ । यद्यपि काठमाडौंमा सबैभन्दा बढी बैंक शाखा खुलेका छन् । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot