Logo

नेपाललाई पाँचौं सफलता



काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले पाँचौ विकेट लिएका हुन् । उनले दुई विकेट लिए ।

अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् ।

नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए ।

युएईले १७.२ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको छ ।

आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot