Logo

युक्रेनमा विकसित परिस्थितिबारे रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता



१२ फागुन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ । उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ ।

रुस र युक्रेनकाबीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ ।अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । रुसी राष्ट्रपति पुटिन र टर्कीस राष्ट्रपति एर्दाेगानबीच युक्रेनका विषयमा वार्ता केन्द्रित रहेको मस्कोले जानकारी दिएको छ ।

तर यसैबीच रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका छन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाइको छ ।

यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको ती सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot