Logo

तालिवान सरकारद्वारा रुस र युक्रेनलाई संयमता अपनाउन आग्रह



एजेन्सी, १३ फागुन। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ।

आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो।

तालिवानले युक्रेनमा रहेका अफगान नागरिकको सुरक्षामा ध्यान दिन पनि दुबै पक्षलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ।

यस्तै, तालिवानी सरकारले युक्रेनमा रहेका अफगानी नागरिकहरूको जीवन रक्षाका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको जमिनलाई नियन्त्रणमा लिएर दुई राज्यलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै सेना पठाउने फैसला गरेका थिए ।

त्यसपछि बिहीबार युक्रेनविरुद्ध उसले आक्रमण सुरु गरेको छ । रुसको सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते छन् ।



प्रतिक्रिया दिनुहोस्