Logo

इन्डोनेसियामा भूकम्पबाट ९ को मृत्यु, सयभन्दा बढी घाइते



१५ फगुन: शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ । शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन् ।

शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु¥याएको बताइएको छ । त्यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको र यसबाट ठूलो भौतिक सम्पत्तिमा क्षति पुगेको बताएको छ ।

त्यहाँका आठ हजार जनाभन्दा बढी नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ५० ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । उद्धारकर्मीहरु मानिसहरुको भूकम्पको भग्नावशेषमा मानिसहरु पुरिएको आशंकामा उद्धारका लागि खटिरहेका छन् । क्षतिको पूर्ण विवरण आइपुगेको छैन ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्