Logo

युक्रेनीहरूसँग सम्झौता गर्न रुसी प्रतिनिधिमण्डल बेलारुसमा



एजेन्सी, १५ फागुन। रुसको एक प्रतिनिधिमण्डल युक्रेनीहरूसँग कुरा गर्नका लागि आज (आइतबार) बेलारुस पुगेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई उक्त विषयको जानकारी दिएको रुसी संचारमाध्यम तासले लेखेको हो।

प्रवक्ता पेस्कोभले भनेको विषयलाई उदृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ,’प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयका तथा अन्य विभागका कर्मचारीहरू छन् । राष्ट्रपति कार्यालयका प्रतिनिधि पनि त्यसमा संलग्न छन् । उनीहरु युक्रेनी सँग कुरा गर्नका लागि बेलारुस पुगेका छन्’

गोमेलामा हामी यी सम्झौता शुरू गर्न तयार छौं,’ पेस्कोभले थपे । बेलारुसको परराष्ट्र मन्त्रालयले बैठकका लागि आवश्यक सबै कुराको तयारी गरिसकेको र मर्यादापालनको विषय टुंग्याउन कोशिस गरिरहेको जानकारी दिएको छ । बेलारुसको परराष्ट्र मन्त्रालयले भनेको विषयलाई उदृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ, ‘हो हामी उक्त विषयलाई पुष्टि गर्छौ । बैठकका लागि हामीले सम्पूर्ण तयारी गरका छौँ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्