Logo

टी–२० वरीयतामा कुशल र सन्दीपको स्थान सुधार



काठमाडौं, १८ फागुन । आईसीसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेलको स्थान सुधार भएको छ ।

वरीयताक्रममा कुशल ८ स्थान माथि उक्लिदै ३१औ स्थानमा पुगेका हुन् ।

यस अघि उनी ३९औं स्थानमा रहेका थिए । विश्वकप छनोट अन्तरगत ग्लोबल छनोट ए मा कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि उनको स्थानमा लगातार सुधार आएको छ ।

टी–ट्वान्टीको बलिङतर्फको वरीयताक्रममा कप्तान सन्दीप लामिछाने ३६औं स्थानमा आईपुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot