Logo

एमसीसीबारे माधव नेपालले चेतावनी दिएपछि झलनाथ खनालले के भने ?



काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा एमसीसीको विषयले माहोल तात्तिएको बुझिएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिए ।

नेपालले फेसबुकमा केही नेतारुले एमसीसीबारे जथाभावी लेखेको भन्दै अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए । उनले अनुशासनमा बस्नुपर्ने भन्दै एमसीसी अनुमोदनको पक्ष नलिएको भए देश फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा जाने खतरा थियो भने ।

नेता नेपालपछि बोलेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमसीसी कार्यान्वयनमा गएमा कम्युनिस्ट विरोधी हुने जिकिर गरे ।

यसलाई सामान्य रुपमा नलिन भन्दै हतारहतार पारित भएकोमा प्रश्न गरे । उनले अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन भएमा अमेरिकी हित माथि रहने र चीनविरोधी हुने तर्क गरे ।

खनालले एमसीसीबारे विवाद नगर्ने हो भने चुनावसम्म स्थगित गर्न प्रस्ताव गरे । खनाललाई समेत इंकित गर्दै नेता नेपालले बाहिर बोल्दा पार्टीलाई नोक्शान पर्ने बताए ।

एमसीसीबारे नेकपा एसमा मतभेद छ । अध्यक्ष नेपाल पक्षमा देखिएका छन् । खनाल भने विपक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot