Logo

ओलीले राजावादीसँग मिलेर चुनाव लड्न् मन्त्री खतिवडाको ठोकुवा, नमिले कान काटेर फाल्ने प्रतिज्ञा



काठमाडौं, १ चैत्र । स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीसँग मिलेर चुनाव लड्ने ठोकुवा गरेका छन् । गोरखामा पत्रकारको प्रश्नमा बोल्दै उनले ओलीले राजावादीसँग मिलेर चुनाव लडेनन् भने एउटा कान नै काटेर फाल्ने बताए ।

ओलीबारे खतिवडाले भने, ‘राजावादीसँग् मिलेर चुनाव लडेनन् भने एउटा कान काटेर फालिदिन्छु ।’ ओलीले राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्ध बनाइरहेको बताए । २०७४ को चुनाव पनि ओलीले राप्रपासँग साँठगाँठ गरेर जितेको आरोप लगाए ।

आज राजधानीमा अनेमसंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै चुनाव लडेर जित्ने बताइरहँदा खतिवडाको पछिल्लो भनाई आएको हो । ओलीले माधव नेपाललगायत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गर्ने नेताहरु कम्युनिस्ट नभएको बताएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्