Logo

महिला विश्वकप क्रिकेटः न्युजिल्यान्ड इंग्ल्यान्डसँग एक विकेटले पराजित



काठमाडौं, ६ चैत । आईसीसी महिला विश्वकपमा क्रिकेटमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमान्चक जित निकालेको छ ।

न्युजिल्यान्डको घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डलले १ विकेटको जित हात पारेको छ ।

न्युजिल्यान्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । इंग्ल्यान्डको जितमा नाट सेभरले सर्वाधिक ६१ रनको गोगदान गरिन् ।

यस्तै सोफिया डंकले ३३, कप्तान हेथर नाइट ४२ तथा ट्यामी ब्यूमोन्टेले २५ रनको योगदान गरिन् ।

न्युजिल्यान्डका लागि फ्रान्सिस म्याकेले सर्वाधिक ४ विकेट लिइन् ।

साथै, न्युजिल्यान्डकी म्याडी ग्रीनले ७५ बलमा ५२ रनमा अविजित रहिन् भने कप्तान शोफी डेविन ४२ रन जोडिन् ।

इंग्ल्यान्डकी केट क्रस र सोफी एक्टेस्टोेनले समान ३÷३ विकेट हात पारिन् ।

यस जितसँगै इंग्ल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot