Logo

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो



एजेन्सी, ११ चैत्र । विश्वकप छनोटमा यूरोपेली क्षेत्रको प्ले अफ म्याच जित्दै पोर्चुगल र स्वीडेन अन्तिम छनोट चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रोनाल्डोको टोली पोर्चुगलले टर्कीमाथि ३-१ को जीत हासिल गरेको हो ।

अब प्ले अफमा नर्थ मेसोडोनियालाई पराजित गरेमा पोर्चुगल विश्वकप खेल्नेछ । इटाली मेसोडोनियासँग स्तब्ध हुँदा पोर्चुगललाई फाइदा पुगेको छ ।

यसैगरी, स्वीडेनले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको छ । वेल्सले अष्ट्रियामाथि २-१ को जित निकालेको छ । इटाली नर्थ मेसोडोनियामाथि १-० ले स्तब्ध भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot