Logo

पीएनजीद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत



काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ९३ रनको चुनौति दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले नेपालसामू २ सय ९३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर नेपाल पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको पाहुना टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट निकाले ।



प्रतिक्रिया दिनुहोस्

Screenshot