Logo

महेन्द्र पाण्डेलाई ऋषि धमलाको प्रश्न : ‘तपाईँ आज किन चीनको प्रवक्ताको रुपमा बोल्दै हुनुहुन्छ ?’ (भिडिओसहित)



काठमाडौं, १२ चैत्र । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले चीनसँग समस्या छ भनेर कसैले भन्यो र देखाउने कोशिस गर्यो भने त्यो गलत हुने बताएका छन् । उनले हुम्लामा चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका छन् । उनले चीनसँग नेपालको कुनै सिमा विवाद नभएको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले पाण्डेलाई तपाईँ आज किन चीनको प्रवक्ताको रुपमा बोल्दै हुनुहुन्छ ? भनेर सोधेका थिए ।

जवाफमा पाण्डेले भने–‘चीनको प्रवक्ता म होईन, तपाईँ चीनको विरोधीको रुपमा मलाई किन प्रश्न गर्नुहुन्छ ? चीन र भारत हाम्रो मित्रराष्ट्र हो । मित्रराष्ट्र हुँदाहुँदैपनि कतैतिर भएको समस्यालाई उजागर नै नगर्ने, हुँदै नभएको समस्यालाई उजागर गर्ने र निहुँ खोज्ने ? यसले परराष्ट्र नीतिलाई कमजोर बनाउँछ । मुलुकलाई अहित हुने किसिमको धारणा बोक्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot