Logo

सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)



काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् ।

एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि केही फरक पर्दैन ।’ ओलीले एमालेको मसल देखेर प्रधानमन्त्री शेरबहादुर देउवा तर्सिएको टिप्पणी गरे । देउवाले जताततै एमाले देख्न थालेको उनको भनाई थियो ।

चुनावमा एमालेलाई एक्लै कसैले नचिताए हुने र मिलेर आएपनि जित्न नसक्ने ठोकुवा गरे । देउवाले एमालेसँग तर्सिएर चुनावमा तालमेल गर्न खोजेको बताए ।

काँग्रेसभित्र गठबन्धन नगर्न र एक्लै जान भन्दा देउवाले एमालेसँग लड्न नसकिने भनेको टिप्पणी गरे । एमालेसँग नसक्ने भनेर देउवाले हात उठाइसकेको उनको भनाई थियो । गठबन्धनका अन्य दल कमजोर रहेको दाबी गरे । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot