Logo

प्रदेश नं १ को हिउँदे अधिवेशन सकियो, बर्खे अधिवेशनले नामको टुंगो लगाउने



विराटनगर, १३ चैत्र । प्रदेश नं १ सरकारले संसद अधिवेशन टुंग्याएको छ । सरकारले आइतबार राति १२ बजेबाट प्रदेश सभाको नवौं तथा हिउँदे सभा अन्त्य गर्ने आज बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

सभामा प्रदेशको नाम टुंग्याउने, नाम नटुंग्याएपनि संसदमा नामको विषय प्रवेश गराउने भनिएपनि संसद अधिवेशन टुंग्याइएको छ । अब सत्ता गठबन्धनका नेताहरुले नामका बारेमा छलफल गरेर बर्खे अधिवेशनमा नामकरण गरिने पनि जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot