Logo

सानिमा बैंकको ¥याडिसन र द एभरेष्ट होटलसँग सम्झौता



काठमाडौं, १४ चैत्र । सानिमा बैंकले ¥याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट÷क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्गप्रयोग गरी भुक्तानी गर्दा ¥याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउनेछन् ।

यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-applicationबाट आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot