Logo

बलेफी हाइड्रोपावरको १८ लाख आईपीओ सर्वसाधारणको लागि खुल्ला



काठमाडौं, १६ चैत्र । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । हाइड्रोपावरले बुधबार १८ लाख २७ हजार ९७० कित्ता आइपिओ निष्कासन गरेको हो।

कुल आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनी कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरेको जनाएको छ।

कम्पनीको अनुसार बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणल आवेदन दिन सक्नेछन् ।
आईपीओमा चैत १६ देखि चैत २१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन पाइने जनाइएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot