Logo

सशस्त्रको गुणमापक परीक्षामा विभागीय नै अनुत्तीर्ण



काठमाडौं, चैत १७ । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकका लागि लिएको गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई नै असफल बनाएको छ। लोकसेवा आयोगको उपस्थितिविना लिइने आन्तरिक गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई असफल बनाइएको हो।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ भनिएको टोलीले अपमानजन ढंगले अनुत्तीर्ण गरेको छ। गत वर्ष सशस्त्र प्रहरीले ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा ६१ जनाले लिखित परीक्षा पास गरेका थिए।

तर सशस्त्र प्रहरीकै गुणमापक परीक्षामा भने ४९ जना मात्रै उत्तीर्ण गरिएको थियो। १२ जनालाई सो परीक्षामा असफल बनाइएपछि विभागीय कर्मचारीले लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन्। लोकसेवा आयोगले भने यस्तो उजुरी नगर्न आग्रह गर्दै त्यही संस्थामा बसेर काम गर्न असजिलो हुने भन्दै फर्काएको छ।

उनीहरूलाई के कारण असफल बनाइयो भन्ने जानकारीसमेत दिइएको छैन। ‘हामीलाई के कारणले असफल बनाइयो भन्नेबारे जानकारी दिइएन, हामी गुणमापक परीक्षामा असफल हुने हो भने त विभागमै अटाउनु भएन, त्यहाँबाट पनि निकाल्ने प्रक्रिया सुरु गर्नुपर्‍यो,’ यसरी असफल बनाइएका एक सशस्त्र प्रहरी कर्मचारीले भने। बुधबार दिउँसो नागरिकको सम्पर्कमा आएका एक कर्मचारीका अनुसार बलराम गिरी, अभिमन्यु पौडेल, सविता दाहाल, रमेश जोशीलगायतलाई असफल बनाइएको हो।

नागरिकको सम्पर्कमा आएका ती कर्मचारीका अनुसार सिं ९ र सिं सं। ६ मा पनि यसैगरी असफल बनाइएको थियो। सिं सं ६ का केही कर्मचारीले चित्तबुझ्दो कारण नदिए अदालत जाने धम्की दिएपछि उनलाई त्यसको भोलिपल्ट पास गराएको देखाएर अन्तर्वार्तामा सहभागी गराइएको थियो। त्यसैगरी सिं नं का केही अधिकृतलाई पनि यसैगरी असफल बनाएपछि उनीहरूले सर्वोच्च अदालत गुहारेका र मुद्दा जितेर सिंसं ११ मा तालिम गरी अहिले प्रहरी निरीक्षकमा कार्यरत रहेका छन्।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार सो गुणमापक परीक्षाका लागि धेरै वर्षदेखि एउटै समूह सहभागी रहेको छ। हालका डिआइजी गणेश ठाडामगर, अवकाशप्राप्त डिआइजीहरू केबी ब्रह्माचार्य, राजेन्द्र बस्नेत, बाबुराम पाण्डे र नेपाली सेनाका अवकाश प्राप्त कर्णेल प्रदीपराज कार्की गुणमापक समितिमा बस्ने गरेका छन्।

विगतमा लोकसेवा आयोग पास गरेका सबैलाई गुणमापक समितिले पास गराउने गरेको थियो। ‘सशस्त्र प्रहरीमा आकर्षण नभएकाले बाहिरबाट आउनेलाई लोकसेवासहितको अन्तर्वार्ता गराएर पास गराउने गरिएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot