Logo

गोकुल बाँस्कोटाको प्रतिप्रश्न : आजै पहिलो भएको एमाले पार्टी चुनावपछि दोस्रो हुन्छ त ? (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अबको निर्वाचनमा प्रचण्ड र माधव नेपाललाई बोकेर हिँड्न कांग्रेसका कार्यकर्ताहरु तयार रहेको भनेर आफूलाई विश्वास नरहेको टिप्पणी गरेका छन् ।

उनले एमाले जनताको बीचमा जाँदा आफ्ना एजेण्डा लिएर जाने सुनाए । उनले आफूहरु काममा विश्वास गर्ने भएकोले जनताले भोट दिने विश्वास दिलाए । उनले एमालेले जनताको पक्षमा धेरै नै काम गरेको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेपनि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरु एमालेमा आउने क्रम जारी रहेको सुनाए । उनले आफूहरुले जनताले गरेको पराजित मान्ने सुनाए ।

उनले निर्वाचनमा कुनै पनि प्रकारको धाँधली एमालेलाई स्विकार्य नहुने जिकिर गरे । उनले एमाले अहिलेपनि मुलुकको सबैभन्दा ठूलो पार्टी रहेको सुनाए । र, भोलि निर्वाचनपछि पनि एमालेले नै पहिलो दल हुने उनको दाबी छ ।

उनले भने-“आज देशको सबैभन्दा ठूलो पार्टी कुन हो त ? एमाले हो नि, अनि आजै पहिलो रहेको पार्टी भोलि चुनावपछि दोस्रो हुन्छ त ? कहाँको गणित हो ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot