Logo

कांग्रेस जिताउनलाई तरुणदल अध्यक्षको सर्कुलर (पत्रसहित)



काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन परिपत्र जारी गरेको छ। अध्यक्ष विद्धान गुरुङले स्थानीय निर्वाचन र पार्टीको सांगठनिक गतिविधिलाई ध्यानमा राख्दै सम्पूर्ण जिल्ला समितिहरुलाई परिपत्र जारी गरेका हुन् ।

मंगलबार गुरुङले परिपत्र जारी गर्दै स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तह सम्म निर्वाचन परिचालन एवं सहयोग समिति बनाई प्रत्येक मतदान केन्द्रहरुमा तरुण स्वयमसेवक समेत परिचालन गर्ने व्यवस्था समेत मिलाउन निर्देशन दिएका हुन् ।

परिपत्रमार्फत तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका पदाधिकारीहरुलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्न समेत परिपत्र मार्फत निर्देशन दिइएको छ ।

त्यस्तै, काँग्रेसको १४औँ महाधिवेशनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित भएता पनि तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभए सम्मका लागि दलको जिल्ला अध्यक्ष लगाएत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्णलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्न समेत गुरुङले आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot